यस्तो छ फिल्म ‘नम्बरी सुन’को टिजर

हिमाल प्रेस ३ असार २०८० १२:२३ | Sunday, June 18, 2023
यस्तो छ फिल्म ‘नम्बरी सुन’को टिजर

काठमाडौँ– फिल्म ‘नम्बरी सुन’ टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा फिल्मका प्रायः सबै कलाकारलाई देख्न सकिन्छ। राजु गिरी निर्देशित फिल्म आगामी भदौ १ गते प्रदर्शन हुनेछ।

फिल्ममा नम्रता सापकोटा, गौरव पहारी, बुद्धि तामाङ,सरोज खनाल, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खातीलगायत कलाकारको अभिनय छ।

पारिवारिक प्रेम कथामा आधारित फिल्म दिव्य सुवेदीको छायांकन, गौतमराज खड्काको सम्पादनमा बनेको छ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन्।

प्रकाशित: ३ असार २०८० १२:२३ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast