म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

हिमाल प्रेस ९ असार २०८० ११:३३ | Saturday, June 24, 2023
म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्।

अन्नपूर्ण-३ ठाडाका छक पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्। अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शनिबार (आज) विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेको जानकारी दिए।

‘बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरू घटनास्थलतर्फ जाने तयारीमा छौं,’ उनले भने ‘चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।’

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका-४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए।

११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित: ९ असार २०८० ११:३३ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast