 
                             
                                            काठमाडौँ- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१का लागि मौद्रिक नीति बनाउन सुरु गरेको छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि आवश्यक सुझाव माग गरेको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा असार १० गतेसम्म सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। राष्ट्र बैंकले बैंक ऐन २०५८ अनुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको उल्लेख गर्दै मौद्रिक नीतिसँग सम्बन्धित राय तथा सुझाव आगामी असार १० गतेसम्म उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ।
                            प्रकाशित: २२ जेठ  २०८० १७:५८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 