मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल गंगालाल हृदय केन्द्रमा भर्ना

हिमाल प्रेस ३० जेठ २०८० १४:५७ | Tuesday, June 13, 2023
मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल गंगालाल हृदय केन्द्रमा भर्ना राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ। मुटुमा समस्या आएपछि गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको हो। मुटु दुख्ने समस्या बढेपछि बिहान ११ बजे अस्पताल लगिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

पौडेललाई अस्पतालको  भीआईपीकक्षमा उपचार गरिएको छ। राष्ट्रपति पौडेलको सचिवालय स्रोतका अनुसार अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले उनको स्वास्थ्य जाँच गरिरहेका छन्।

आज उनी अस्पतालमै रहनेछन्। अन्य स्वास्थ्य जाँचपछि पौडेललाई बुधबारमात्रै राष्ट्रपति निवास शीतल निवास ल्याइनेछ। यसअघि पौडेल नेपालमै लामो उपचार र भारतमा पनि उपचार गरेर फर्किएका हुन्। पौडेल बिरामी भएकोबारे उनको सचिवालयले अहिलेसम्म आधिकारीक जानकारी भने दिएको छैन।

प्रकाशित: ३० जेठ २०८० १४:५७ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast