 
                             
                                            काठमाडौँ- फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले दुई महिला र एक बालिका अंकित तस्बिर सार्वजनिक गरेका हुन्।
पोस्टरमा कलाकार सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई देख्न सकिन्छ।
फिल्म अनिता पण्डितको लेखन तथा निर्देशनमा बनेको छ। निर्माण टिमका अनुसार फिल्म बच्चामा देखिएको अस्वाभाविक सजग मानसिकस्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा आधारित छ।
फिल्ममा सुरविना, अनिता आश्विसहित निशान चौहान, कैलाश रावल, रोशनी कार्कीलगायत कलाकारको अभिनय छ। आश्वि फिल्म्सले निर्माण गरेको फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन।
                            प्रकाशित: २२ जेठ  २०८० १२:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 