माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि छानबिन हुनुपर्छ : उदयशमशेर राणा

हिमाल प्रेस १३ असार २०८० १९:१९ | Wednesday, June 28, 2023
माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि छानबिन हुनुपर्छ : उदयशमशेर राणा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरू रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन्।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकिर गर्दै उनले त्यसलाई पनि छायामा पर्न सरकारले दिन नहुने बताए।

सांसद राणाले ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरू भ्रष्टाचारका मुद्दाहरूलाई पनि सरकारले अघि बढाउनुपर्ने धारणा राखे।

सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको बताए।

प्रकाशित: १३ असार २०८० १९:१९ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast