‘माउन्ट केटु’ आरोहणमा पूर्णिमालाई आइएमईको सहयोग

हिमाल प्रेस ३२ जेठ २०८० १९:५४ | Thursday, June 15, 2023
‘माउन्ट केटु’ आरोहणमा पूर्णिमालाई आइएमईको सहयोग

काठमाडौँ- नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई पाकिस्तानको ‘माउन्ट केटु’ आरोहणमा आइएमई समूहले सहयोग गरेको छ। पूर्णिमाको प्रयासलाई सम्मान गर्दै ‘आइएमई’ र ‘आइएमई पे’ले आर्थिक सहयोग गरेको हो।

विश्वका सबैभन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन्। ७५ दिन लामो सो आरोहण यात्रा मंगलबार (जेठ ३० गते)बाट सुरु भएको छ।

फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन्। उनले नेपालमा रहेका ८ हजार मिटरभन्दा बढी अग्ला ७ वटा हिमाल आरोहण गरिसकेकी छन्।

प्रकाशित: ३२ जेठ २०८० १९:५४ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast