महिला प्रहरीलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी योगबहादुर निलम्बित

हिमाल प्रेस १ असार २०८० १४:०९ | Friday, June 16, 2023
महिला प्रहरीलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी योगबहादुर निलम्बित

काठमाडौँ- नेपाल प्रहरीको सहायक हबल्दार (महिला) माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाललाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अनुसन्धानका लागि हेडक्वार्टर तानिएको थियो।

अनुसन्धानकै क्रममा गृहमन्त्रालयबाट उनलाई ६ महिना निलम्बन गरेर अनुसन्धान गर्न निर्देशन आएसँगै उनी निलम्बनमा परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले हिमालप्रेसलाई जानकारी दिए। ‘गृहबाट हिजो पत्र आयो। आजदेखि लागू हुने गरी ६ महिनालाई उहाँ निलम्बनमा पर्नु भयो,’ उनले भने, ‘अब ६ महिनाभित्र मुद्दा टुंगिनुपर्छ।’

हबल्दार महिलाले यौन दुर्व्यवहार गरेको भन्दै निवेदन दिएपछि अनुसन्धान सुरु भएको हो। पालमाथि प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको छ। जेठ १९ गते शुक्रबार घरबिदामा जाने तयारीमा रहेकी हबल्दारलाई सञ्चारसेटबाटै आफू कहाँ पठाइदिन भनेका थिए।

आदेशपछि हबल्दार एसएसपीको निवास गएकी थिइन्। त्यहाँ एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो। आज गुड फ्राइडे मनाऔँ’ भनेको खुलेको छ। एसएसपीको उक्त अभिव्यक्ति हबल्दारले निवेदनमा पनि उल्लेख गरेकी छन्। एसएसपीले अभिव्यक्तिसहित दुर्व्यवहार गर्न लागेपछि उनले ड्युटीमा रहेका अधिकृतलाई घटनाबारे जानकारी गराएकी थिइन्।

उनलाई दुर्व्यवहार गरेको भन्दै उनले डिउटी अधिकृतलाई जानकारी गराएकी थिइन्। एसएसपी पालमाथि यौन दुर्व्यवहारको आरोप लागेको यो पहिलो घटना भने होइन। पाल डीएसपी भएर सोलुखुम्बुमा हुँदा पनि यसखाले आरोप लागेको थियो। त्यसबेला पनि उनलाई विभागीय कारबाही गरिएको थियो।

प्रकाशित: १ असार २०८० १४:०९ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast