मनकामना जिप दुर्घटना : घाइतेको नाम खुल्यो, मृतकको सनाखत हुन बाँकी

हिमाल प्रेस ८ असार २०८० ७:५२ | Friday, June 23, 2023
मनकामना जिप दुर्घटना : घाइतेको नाम खुल्यो, मृतकको सनाखत हुन बाँकी

काठमाडौँ– गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ।

दुर्घटनामा ५ जनाको मृत्यु, २ जना सकुशल र १२ जना घाइते भएकोमा घाइते हुनेहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा घाइते १२ मध्ये १ जनाको चितवन मेडिकल कलेज र ११ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले बताए।

घाइतेहरूमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेको उनको भनाइ छ। घाइतेहरूमा स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

सोही ठाउँ निवासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३-०१-०२३ च २४२७ नम्बरको बोलेरो जिप शुक्रबार बिहान सहिद लखन गाउँपालिका ३ सिलिङमा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनास्थल भिरालो र अफ्ट्यारो भएकाले खोजीकार्यमा ढिलाइ भएको उनले जनाए।

प्रकाशित: ८ असार २०८० ७:५२ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast