मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार शेर्पालाई

हिमाल प्रेस १४ असार २०८० १८:४८ | Thursday, June 29, 2023
मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार शेर्पालाई

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेकी छन्।

जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज (बिहीबार) आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस वर्ष सो पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा. मिङमार ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरिन्। उनलाई एक लाख नगदसहित सम्मान गरिएको हो।

डा. शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवालगायतमा महत्त्वपूर्ण नेतृत्व गरेका छन्।

प्रकाशित: १४ असार २०८० १८:४८ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast