मत विभाजनमा गयो बजेट पारित प्रक्रिया

हिमाल प्रेस १३ असार २०८० १६:१५ | Wednesday, June 28, 2023
मत विभाजनमा गयो बजेट पारित प्रक्रिया

काठमाडौँ– आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित प्रक्रिया मत विभाजनमा गएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा ध्वनी मतका आधारमा सभामुख देवराज घिमिरेले बजेट पारित भएको घोषणा गरेका थिए।

तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असहमति जनाउँदै मत विभाजनमा जान माग गरेको थियो। एमालेको आपत्तिपछि सभामुखले मत विभाजको आह्वान गरेका हुन्। प्रतिनिधि सभा नियमावलीअनुसार कम्तिमा २८ जना सांसदले मत विभाजनको लागि माग गर्न सक्छन्।

प्रकाशित: १३ असार २०८० १६:१५ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast