भ्रष्टाचारी समातिन्छन् भन्ने विश्वास लाग्दैन : चित्रबहादुर केसी

हिमाल प्रेस १२ असार २०८० १८:३७ | Tuesday, June 27, 2023
भ्रष्टाचारी समातिन्छन् भन्ने विश्वास लाग्दैन : चित्रबहादुर केसी

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन्। उनले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको ‘तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु’ जस्तो भएको टिप्पणी गरेका हुन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारी समातिन्छन् भन्ने आफूलाई विश्वास नलागेको बताए।

‘भ्रष्टाचारी जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग हो। भ्रष्टाचारीले राज गरेको कारणले मुलुक अन्योल अवस्थामा छ,’ उनले भने, ‘गणतन्त्रप्रति जनताको आस्था घटेको छ। ठूलाठूला भ्रष्टाचार नेपालमा भइरहेका छन्, भ्रष्टाचारका फाइल खोलिनुपर्छ।’

अध्यक्ष केसीले नेपालमा ठूलाठूला भ्रष्टाचार राज्य पक्षबाटै भइरहेको दाबी गरे।

प्रकाशित: १२ असार २०८० १८:३७ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast