भारतसँग नेपाल पराजित

हिमाल प्रेस ९ असार २०८० २१:५८ | Saturday, June 24, 2023
भारतसँग नेपाल पराजित

काठमाडौँ- दोस्रो हाफमा दुई गोल खाएपछि नेपाल साफ च्याम्पियनसिपमा शनिबार भारतसँग २–० ले पराजित भएको छ। बेंगलोरको कान्तिरिभा रंगशालामा घरेलु टिमसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना सकिएको छ।

समूह ‘ए’ मा रहेको नेपालले भोगेको यो दोस्रो हार हो। पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो। नेपालले अब तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ। पाकिस्तान पनि नेपाल जस्तै जितविहीन छ। उता भारत र कुवेत भने सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह विजेता भने यी दुईबीचको खेलपछि मात्र निर्क्याेल हुनेछ।

भारतीय टिमका लागि कप्तान सुनिल क्षेत्री र महेश सिंह नाओरेमले एक–एक गोल गरे। सुनिलले भारतलाई ६२ औँ मिनेटमा अग्रता दिलाएका थिए। पहिलो गोलका लागि दोस्रो गोलका गोलकर्ता महेशले पास उपलब्ध गराएका थिए।

राइट विंगमा सहाल अब्दुल समादसँग वान–टु पा खेल्दै महेश नेपालको बक्समा पुगेका थिए। त्यसपछि उनले सुनिललाई क्रस दिए। सुनिलले अगाडि रहेका नेपाली रक्षक रोहित चन्दलाई छक्कयाएर गरेको प्रहार सजिलै गोलमा परिणत भएको थियो।

नेपालले आठ मिनेटपछि नै दोस्रो गोल खायो। समादले दिएको थ्रु–बल नियन्त्रणमा लिँदै सुनिलले शक्तिशाली प्रहार गरेका थिए। उनले प्रहार गरेको बल बारमा ठोक्किएर फर्किए पनि नेपाली रक्षापंक्तिले क्लियर गर्न सकेन। त्यही बेला महेशले हेडर गर्दै भारतको अग्रता दोब्बर पारे।

प्रकाशित: ९ असार २०८० २१:५८ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast