भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु

हिमाल प्रेस २८ जेठ २०८० १३:३३ | Sunday, June 11, 2023
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु

काठमाडौँ– भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी ४ जना नेपालीको मृत्यु भएको छ।

कार र २ स्कुटर ठोक्किँदा शनिबार २ स्कुटरमा सवार ४ नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका ६० वर्षीय नेम चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ-बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू सबै पूजापाठ सकेर फर्किरहेका थिए।

दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याउनेबित्तिकै मृत घोषणा गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ। ‘विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रूपमा केही जानकारी आएको छैन,’ प्रहरी निरीक्षक हर्ष चन्दले भने।

प्रकाशित: २८ जेठ २०८० १३:३३ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast