बैंक ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

हिमाल प्रेस ५ असार २०८० १८:०१ | Tuesday, June 20, 2023
बैंक ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने बताएका हुन्।

बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने उनले दाबीसमेत गरे।

‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौँ। तर कर्जा प्रवाह कम भइरहेको छ,’ उनले भने, ‘यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन। र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौँ।’

प्रमुख सचेतक चौधरीले युवाहरूलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: ५ असार २०८० १८:०१ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast