बेनेली बाइकको मूल्य ६० हजार घट्यो

हिमाल प्रेस ८ असार २०८० १८:१८ | Friday, June 23, 2023
बेनेली बाइकको मूल्य ६० हजार घट्यो

काठमाडौँ– केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले बेनेली मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सार्वजनिक गरेको छ।

केटीएमले नेपालमा इटालीमा निर्मित १२५ सीसीदेखि ७५२ सीसीसम्मका बाइक बिक्री गर्दै आइरहेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट आएपछि आजदेखि लागू हुनेगरी कम्पनीले मोडलअनुसार २५ देखि ६० हजारसम्म मूल्य घटाएको हो।

केटीएमले बेनली १८० एसको मूल्य २५ हजार घटाएको छ। अब यो मोडलको बाइकलाई ४ लाख २९ हजार पर्नेछ।

१८० एस नियोनको मूल्य पनि २५ हजार घटेको छ। उक्त बाइकको नयाँ मूल्य ४ लाख ३९ हजार तय भएको कम्पनीले जनाएको छ।

बेनेली टीआरके २५१ को मूल्य ६० हजार कम गरेको छ। यसअघि ८ लाख २४ हजार ९०० पर्ने उक्त बाइकलाई अब ७ लाख ६४ हजार ९०० पर्नेछ।
कम्पनीले पेनेरियो १२५ स्कुटरको मूल्य ३५ हजार घटाउँदै २ लाख ९९ हजार ९०० तोकेको छ।

प्रकाशित: ८ असार २०८० १८:१८ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast