बालेन शाह
काठमाडौँ– काठमाडौँका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’विरुद्ध हल सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन्।
क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको भन्दै बुधबार उनीहरूले बालेनविरुद्ध रिट दर्ता गरेका हुन्।
मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।
बिहीबार नै अन्तरिम आदेश जारी गर्न हल सञ्चालहरूले उच्च अदालतसँग माग गरेका छन्।
बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौँको हलमा प्रदर्शन गर्न रोक लगाएका थिए।
प्रकाशित: ६ असार २०८० १५:४६ | Wednesday, June 21, 2023
प्रतिक्रिया



