बालेनको चेतावनीपछि भारतीय पक्षले हटायो‘आदिपुरुष’को विवादित डाइलग

हिमाल प्रेस १ असार २०८० १०:४० | Friday, June 16, 2023
बालेनको चेतावनीपछि भारतीय पक्षले हटायो‘आदिपुरुष’को विवादित डाइलग

काठमाडौँ– दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग निर्माण पक्षले हटाएको जनाएको छ।

उक्त संवादप्रति आपत्ति जनाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सो संवाद नसच्याइएसम्म महानगर क्षेत्रमा हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए।

चलचित्रमा प्रयुक्त सीता भारतमा जन्मेको संवाद निर्माण पक्षले बीप गरेको छ। सो संवाद हटाएपछि नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाण पत्र दिएको छ।

भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाकाअनुसार सीता रामायणअनुसार नेपालमा जन्मेको भएको र मेयरको बालेनको चेतावनी आएपछि हटाइएको समाचार छ।

समाचारमा नेपालमा प्रदर्शन हुने वा विश्वभर हुने कुनमा हटाइएको भन्ने प्रष्ट खुलाइएको छैन। नेपाल सेन्सर बोर्डले भने उक्त संवाद हटाएपछि प्रदर्शनको अनुमति दिएको छ। यद्यपि असुरक्षाको कारण देखाउँदै काठमाडौँमा फिल्मको बिहानी प्रदर्शन रोकिएको छ।

चलचित्रमा प्रयोग भएको उक्त संवादका विषयमा भारतीय पक्षको चौतर्फी आलोचना भएको छ।

प्रकाशित: १ असार २०८० १०:४० | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast