काठमाडौँ- चर्चित गायक बाबुल गिरीको स्वरमा ‘बितेको कुरा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। कृष्ण पण्डितको शब्द रहेको गीतमा गायक बाबुलकै संगीत र संगीत संयोजन छ।
संगीतकार पण्डित,गायक गिरीसहित गीतको भिडियोमा नोभा ठकुरी, सञ्जीव मैनाली सन्तोष भक्त र मनोज दंगलपनि देखिएका छन्। प्रेमिल गीतले बिगतका कुरा बिर्सन र शंका गर्ने बानीलाई त्याग्नुपर्ने सन्देश दिएको छ।
गीत गायककै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सिरुपाते जुँगामा’ बोलको गीत गाएर पछिल्लो समय चर्चामा आएका थिए। उनको केहि साता अघि सार्वजनिक भएको ‘झिम परेली चाइनीजो’ बोलको गीतपनि चर्चित बनेको छ। गीतलाई युट्युबमा २७ लाखले हेरिसकेका छन्।
प्रकाशित: २८ जेठ २०८० १६:५१ | Sunday, June 11, 2023
प्रतिक्रिया




