‘बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर योजना बनाउँछौँ’

हिमाल प्रेस ६ असार २०८० १९:४३ | Wednesday, June 21, 2023
‘बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर योजना बनाउँछौँ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा मनसुनजन्य विपत‌्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै उनले बाढीपहिरोका कारण क्षति भएका स्थानमै पुगेर वास्तविक स्थितिको अवस्था बुझेर सरकारले योजना बनाउने बताएका हुन्।

‘बिहीबार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूसँग सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णयका लागि बैठक बस्दैछौँ,’ उनले भने, ‘बैठकले तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउँछौँ।’

प्रकाशित: ६ असार २०८० १९:४३ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast