बाढीपीडित उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस ३ असार २०८० ११:४३ | Sunday, June 18, 2023
बाढीपीडित उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संखुवासभामा बाढीबाट पीडितहरूको उद्धार र राहतमा जुट्न सुरक्षा निकायसहित कर्मचारीहरूलाई निर्देशन दिएका छन्। संखुवासभाको हेवाखोलामा शनिबार राति आएको बाढीले पुर्‍याएको क्षतिबारे जानकारी गराउन प्रधानमन्त्री निवास पुगेका संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीसँगको भेटमा घटनाबारे दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्तो जानकारी दिएका हुन्।

टोलीले संखुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै घटनास्थलको  निरीक्षणका गरी आवश्यक राहत र उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो।  संखुवासभाको चैनपुर नगरपालिकामा पर्ने दोभान, नुनढाकीमा अविरलको वर्षापछि शनिबार राति आएको बाढीमा परी १ जनाको मृत्यु भएको छ।

हेवाखोलाको बाढीले बगाउँदा चैनपुर  नगरपालिका-४ दोभानमा १ जना मजदुरको मृत्यु भएको हो। बाढीपहिरोमा परी १६ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार बेपत्ताको खोजी जारी छ।

प्रकाशित: ३ असार २०८० ११:४३ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast