बाइडेनले सी चिनफिङलाई ‘तानाशाह’सँग तुलना गरेपछि …

हिमाल प्रेस ६ असार २०८० २१:४३ | Wednesday, June 21, 2023
बाइडेनले सी चिनफिङलाई ‘तानाशाह’सँग तुलना गरेपछि …

बेइजिङ- अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी चिनफिङलाई ‘तानाशाह’सँग तुलना गरेको टिप्पणीलाई चीनको विदेश मन्त्रालयले ‘खुला राजनीतिक उक्साहट’को संज्ञा दिएको छ।

क्यालिफोर्नियामा मंगलबार आयोजित एक कार्यक्रममा बाइडेनले गत फेब्रुअरीमा जासुसीका लागि प्रयोग हुने चिनियाँ बेलुन अमेरिकामाथि उडेको र त्यसपछि अमेरिकी सैन्य जेटविमानले खसालेको घटनाले सी आक्रोशित भएको बताएका थिए।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमण सम्पन्न गरेको केही दिनपछि दुई विश्व शक्ति राष्ट्रबीच द्वन्द्व हुन नदिन सञ्चार सम्बन्ध पुनः स्थापित गर्ने उद्देश्यले भ्रमण सम्पन्न गरेको केही दिनपछि ट्रम्पको उक्त टिप्पणी आएको हो।

‘जब मैले जासुसी उपकरणले भरिएको दुईवटा बक्स कारले त्यो बेलुन खसालेँ, तब सी चिनफिङ निकै निराश हुनुभयो। कारण के हो भने उहाँलाई थाहा थिएन। जासुसी उपकरणले भरिएको बाकस बेलुनमा थियो,’ बाइडेनले भनेका थिए, ‘म गम्भीर छु। उनीहरूलाई के भयो थाहा थिएन। तानाशाहहरूका लागि यो ठूलो लज्जाको विषय थियो।’
बेइजिङको विदेश मन्त्रालयले बाइडेनको टिप्पणीलाई ‘हास्यास्पद’ भनेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘ अमेरिकी पक्षको बेलुनसँग सम्बद्ध टिप्पणी अत्यन्त ‘हास्यास्पद र गैरजिम्मेवार’ छ, यसले आधारभूत तथ्य, कूटनीतिक मर्यादा र चीनको राजनीतिक मर्यादाको गम्भीर उल्लंघन गरेको छ। चीन यस विषयमा कडा रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ।’ रासस/सिन्ह्वा

प्रकाशित: ६ असार २०८० २१:४३ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast