बढुवा भएका ४५ जना प्रहरी अधिकृतले लगाए दर्ज्यानी चिह्न

हिमाल प्रेस ३१ जेठ २०८० २०:०७ | Wednesday, June 14, 2023
बढुवा भएका ४५ जना प्रहरी अधिकृतले लगाए दर्ज्यानी चिह्न फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीका ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन्। नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयअनुसार प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जनालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुशोभित गरेका हुन्।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका हुन्। पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन्।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताए।

पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उनले निर्देशन दिएका थिए।

प्रकाशित: ३१ जेठ २०८० २०:०७ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast