बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस ६ असार २०८० १७:५५ | Wednesday, June 21, 2023
बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : सञ्चारमन्त्री शर्मा रेखा शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार नढल्ने बताएकी छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताएकी हुन्।

उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरू आएको भन्दै मन्त्री शर्माले बजेटमा असन्तुष्टि जनाउनु स्वाभाविक भएको बताइन्। उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताइन्।

‘बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने परम्परागत कुरा हो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संशोधन भएको छ,’ उनले भनिन्, ‘बजेट संशोधन हुँदा सरकार ढल्छ भन्ने कुनै कानुनमा छैन ।’

यस्तै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित गर्दै स्टन्टभन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्न सुझाव दिइन्। ‘जेठ ३१ मा यो आदिपुरुष भन्ने फिल्ममा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो। सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो,’ उनले भनिन्, ‘चलचित्रको मूल भाग भारतमा पनि हटाउनुपर्छ र नहटाइ चल्न दिनु हुँदैन भन्ने कुरा हाम्रो कूटनीतिक सम्बन्ध कायम गर्नका लागि हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो। चल्न दिने वा नदिने भन्नेमा सबैले आफ्नाआफ्ना क्षेत्राधिकार बुझ्नुपर्छ।’

फरक प्रसंगमा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभई स्वास्थ्य उपचारका लागि नै सिंगापुर गएको बताइन्।

प्रकाशित: ६ असार २०८० १७:५५ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast