बजेटमा स्थानीय तहका अधिकार कटौती सह्य हुँदैन : नगरिपालिका संघ

हिमाल प्रेस ३ असार २०८० २१:२५ | Sunday, June 18, 2023
बजेटमा स्थानीय तहका अधिकार कटौती सह्य हुँदैन : नगरिपालिका संघ

काठमाडौँ- नगरपालिका संघले बजेटमा स्थानीय तहका अधिकार कटौती गरे सह्य नहुने बताएको छ। संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले सरकारले बजेटमार्फत स्थानीय तहका अधिकार कटौती गर्न खोजेको भन्दै अधिकार कटौती गरेमा सह्य नहुने बताएका हुन्।

स्थानीय तहका अधिकार कटौतीबारे सांसदहरूले संसद्मा आवाज उठाउन नसकेको पनि उनले बताए। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा उनले स्थानीय तहमा बजेट विनियोजन कसरी गर्ने भन्ने विषयमा सांसदहरूले साथ दिनुपर्ने बताए।

स्थानीय तहको बजेटबारे सांसदहरूले बोले आफूहरू सडकमा आवाज उठाउन तयार रहेको उनको भनाइ थियो।

प्रकाशित: ३ असार २०८० २१:२५ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast