बजेटमा मन्त्री नै असन्तुष्ट, सांसदहरूसँग मागे माफी

हिमाल प्रेस ११ असार २०८० १५:१९ | Monday, June 26, 2023
बजेटमा मन्त्री नै असन्तुष्ट, सांसदहरूसँग मागे माफी प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती। तस्बिर : रासस

काठमाडौँ- संघीय सरकारका मन्त्री नै आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्ट देखिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको सोमबार प्रतिनिधिसभा बैठकमा असन्तुष्टि जनाएका हुन्।

उनले बजेट असन्तुलित भएको भन्दै माफीसमेत मागे। उनले भने, ‘स्वाभाविक रूपमा बजेट असन्तुलित हुन गएको छ। त्यसका निम्ति सम्मानित सदनमा म क्षमाप्रार्थी छु।’
बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजना समेट्न नसकेको दाबी मन्त्री किराँतीको छ।

‘धरै योजना अटाउनै सकिएन। बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको’, उनले भने। मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी सानासाना बजेटका कार्यक्रम समावेश गरिएको जानकारी दिए।

प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनको भनाइ छ। मन्त्री किराँतले पशुपतिमा रहेको जलहरीका विषयमा अख्तियारले छानबिन गरिएको जानकारी दिए। साथै उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे।

प्रकाशित: ११ असार २०८० १५:१९ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast