बजेटमा खर्च कटौती गर्ने भनेर सरकारले ढाँट्यो : एमाले

हिमाल प्रेस २८ जेठ २०८० १३:०५ | Sunday, June 11, 2023
बजेटमा खर्च कटौती गर्ने भनेर सरकारले ढाँट्यो : एमाले संसद् भवन नयाँबानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालु खर्च कटौती गर्ने प्रतिबद्धताविपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको बताएका हुन्। उनले भने, ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो। चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्ब ४४ अर्ब छ। आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्ब  ४१ अर्ब प्रस्ताव गरिएको छ।’

उनले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको आरोप लगाए। पुँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औँल्याए। बजेटमा चालु खर्च घटाउने कुरालाई इन्कार गरिएको र पुँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असंगत रहेको दाबी उनको छ।

उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकिरसमेत गरेका छन्।

प्रकाशित: २८ जेठ २०८० १३:०५ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast