काठमाडौँ- उपभोक्ता अधिकारकर्मीहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आयातित प्याजमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन्।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता अधिकार अनुसन्धान मञ्चले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त माग गरेका हुन्। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयातित तरकारीमा भ्याट लाउने घोषणा गरेको छ।
सो घोषणापछि प्याजलगायत तरकारीको मूल्य बढेको छ। सरकारले अनुगमन पनि नगरिरहेको अवस्थामा तरकारीमा भ्याट लगाएर उपभोक्तालाई मारमा पारेको आरोप उपभोक्ता अधिकारकर्मीको छ।


प्रकाशित: ७ असार २०८० १७:२६ | Thursday, June 22, 2023
प्रतिक्रिया



