बजेटमाथिको छलफल नाटक मात्रै हो : चित्रबहादुर केसी

हिमाल प्रेस १० असार २०८० १८:२५ | Sunday, June 25, 2023
बजेटमाथिको छलफल नाटक मात्रै हो : चित्रबहादुर केसी फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन कठिन रहेको बताएका छन्। आइतबार संसद्‍‍बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताएका हुन्।

‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन। तर नेपालमा जे पनि गर्न मिल्छ,’ उनले भने, ‘बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन। यो समय बिताउने मात्रै हो।’

उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरूले गरिरहेको बताए।

प्रकाशित: १० असार २०८० १८:२५ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast