बजेटपछि बीवाईडी गाडीको नयाँ मूल्य निर्धारण

हिमाल प्रेस ३० जेठ २०८० १२:५८ | Tuesday, June 13, 2023
बजेटपछि बीवाईडी गाडीको नयाँ मूल्य निर्धारण

काठमाडौँ- बीवाईडी अटोको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले ‘बीवाईडी एट्टो थ्री इलेक्ट्रिक’ भेहकिलको नयाँ मूल्य सार्वजनिक गरेको छ। नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका दरमा गरेको हेरफेरअनुसार नयाँ मूल्य निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ। बीवाईडी एट्टो थ्री गाडी नेपाली बजारमा बढी माग गरिएको गाडी रहेको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार बीवाईडी एट्टो थ्री अडभान्स ट्रिम १०० किलोवाट (१९.९२ किलोवाटआवर ब्याट्री)को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै बीवाईडी एट्टो थ्री १०० किलोवाट (६०.४८ किलोवाट आवर ब्याट्री) रहेको गाडीको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ र १५० किलोवाट सोही ब्याट्री क्षमताको ८१ लख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: ३० जेठ २०८० १२:५८ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast