बच्चा बोकेरै संसद्‌मा [फोटो फिचर]

दिपेश श्रेष्ठ १३ असार २०८० १२:३१ | Wednesday, June 28, 2023
बच्चा बोकेरै संसद्‌मा [फोटो फिचर]

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद माया राई बच्चा बोकेर संसद् बैठकमा सहभागी भएकी छन्। उनी आदिवासी जनजातितर्फ प्रतिनिधिसभा समानुपातिक सांसद हुन्। भोजपुरकी राई कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।

राईले लामो समय नेविसंघमा छात्रा विभाग प्रमुख भएर काम गरेकी थिइन्।  बुधबारको प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने प्रस्ताव पेस हुँदैछ। बजेटका पक्षमा मतदान गर्न कांग्रेस स‌ंसदीय दलले ह्विप जारी गरेपछि उनी बच्चा बोकेरै संसद् बैठकमा सहभागी हुन आएकी हुन्। यसअघि सभामुखको निर्वाचनको समयमा पनि सांसद राई बच्चा बोकेरै संसद्‌ बैठकमा उपस्थित भएकी थिइन्।

प्रकाशित: १३ असार २०८० १२:३१ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast