बक्सिङका ६० जना खेलाडी नियमित प्रशिक्षणमा

हिमाल प्रेस ३२ जेठ २०८० १८:३५ | Thursday, June 15, 2023
बक्सिङका ६० जना खेलाडी नियमित प्रशिक्षणमा प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षक लालबहादुर पौडेल (दायाँ)।

हेटौँडा– हेटौँडा उपमहानगरपलिका–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा ६० जना बक्सिङ खेलाडी नियमित प्रशिक्षणमा सहभागी छन्। प्रशिक्षक लालबहादुर पौडेलले बिहान र साँझ गरी दुई चरणमा प्रशिक्षण दिइरहेका छन्।

बिहान ३८ जना र बेलुका २२ जना खेलाडी प्रशिक्षणमा सहभागी रहेको प्रशिक्षक पौडेलले जानकारी दिए। हेटौँडाको बसामाडी, हटिया, कमाने, नयाँवस्ती, चौकीटोल, मानसचोक, पिप्लेका खेलाडीहरु बक्सिङ सिक्न आउने गरेका छन्। प्रशिक्षण लिनेमा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीहरु ५ जना र बाँकी ५५ जना नयाँ छन्।

साताको ६ दिन मात्र ट्रेनिङ हुने र प्रत्येक दिन प्रशिक्षणको तालिका फरक-फरक तरिकाले गराउने गरेको पौडेलले बताए। यस क्रममा बक्सिङ कार्डियो, हिट ट्रेनिङ, सर्किट ट्रेनिङ, टेक्निकल ट्रेनिङ, कन्ट्रोल स्पायरिङ, फुल स्पायरिङ ट्रेनिङ गराउने गरिएको छ। आत्मरक्षा, शरीरलाई फुर्तिलो बनाउन र विभिन्न प्रतियोगितामा भाग लिई आफूलाई चाँडै खेलकुदमा पहिचान बनाउन चाहानेका लागि पनि बक्सिङ खेल उत्कृष्ट रहेको प्रशिक्षक पौडेलको भनाइ छ। प्रतियोगिता असार तेस्रो साता काठमाडौँमा हुनेछ।

प्रकाशित: ३२ जेठ २०८० १८:३५ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast