बकर इदमा प्रार्थना [तस्बिरहरू]

दिपेश श्रेष्ठ १४ असार २०८० ९:५६ | Thursday, June 29, 2023
बकर इदमा प्रार्थना [तस्बिरहरू]

काठमाडौँ– देशभरका मुस्लिम धर्मावलम्बीले आज बकर इद (इद उल-अजहा) पर्व मनाउँदैछन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।

इदका अवसरमा घण्टाघरस्थित काश्मिरी मस्जिदमा गरिएको प्रार्थनाका केही तस्बिरहरू:

प्रकाशित: १४ असार २०८० ९:५६ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast