फिल्म ‘जय हो’ को पोस्टर सार्वजनिक

हिमाल प्रेस ३२ जेठ २०८० १२:१४ | Thursday, June 15, 2023
फिल्म ‘जय हो’ को पोस्टर सार्वजनिक

काठमाडौँ– फिल्म ‘जय हो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आज बिहिबार फिल्मको दुई पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

एक पोस्टरमा फिल्मका कलाकार सलोन बस्नेत, माओत्से गुरूङ, केकी अधिकारी, अर्पण थापा र निशा अधिकारी तीर चलाइरहेका छन्।

दोस्रोमा माओत्से र निशा गुरूङ पहिरनमा छन्। भने केकी बुलाकीमा देखिएकी छन्। त्यस्तै सलोनको लामो कपाल र जुँगा भएको तस्बिर छ भने अर्पणको घाइते अवस्थामा नाकबाट रगत बगिरहेको तस्बिर छ।

फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत हुन्। राज के भण्डारी र सुरज सरकारको लागानी फिल्म आगामी भदौ ८ गते प्रदर्शन हुनेछ।

टेक पौरखी राईको निर्देशन गरेको फिल्म कमेडी, एक्सन र लभस्टोरी जनरामा बनेको फिल्म छ।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।

फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: ३२ जेठ २०८० १२:१४ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast