फिफा वरीयतामा नेपाल एक स्थान झर्‍यो

हिमाल प्रेस १४ असार २०८० १८:५१ | Thursday, June 29, 2023
फिफा वरीयतामा नेपाल एक स्थान झर्‍यो फाइल तस्बिर

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो।

यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो। दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औँ स्थानमा छ। त्यस्तै माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ।

त्यस्तै बंगलादेश १९२औँ स्थानमा यथावत् छ। त्यस्तै पाकिस्तान २०१औँ स्थान र श्रीलंका २०७औँ स्थानमा छन्।विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ भने फ्रान्स दोस्रो रहेको छ। त्यस्तै ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्।

प्रकाशित: १४ असार २०८० १८:५१ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast