प्रेम चलाउने प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ४ असार २०८० १२:३३ | Monday, June 19, 2023
प्रेम चलाउने प्रहरी नियन्त्रणमा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रमा लिएको छ। चलाउनेलाई प्रहरीले काठमाडौँ जिल्ला अदालत परिसरबाट सोमबार पक्राउ गरेको हो।

उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको छ। त्यसको विरोध गर्दै न्याय प्राप्तिका लागि अदालत पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा छ। सरकारले तिनै आरोपितको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले आफूमाथि अन्याय भएको बताएका छन्।

प्रकाशित: ४ असार २०८० १२:३३ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast