‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’का बिमा योजना छनोट

हिमाल प्रेस १० असार २०८० १५:५० | Sunday, June 25, 2023
‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’का बिमा योजना छनोट

काठमाडौँ- प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स असारभित्रै मर्ज गर्ने तयारी तीव्र भइरहेको छ। आइतबार एक विज्ञप्ति निकालेर कम्पनीले उक्त जानकारी गराएको हो।

एकीकृत कारोबार पछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ले बजारमा बिक्रीका लागि ल्याउने बिमा योजनाहरू (प्रोडक्ट) छनोट भइसकेका पनि कम्पनीले जानकारी दिएको छ।

कम्पनीका कर्मचारीहरूको अध्यन विश्लेषणपछि साउन १ गतेदेखि बिक्री वितरणका लागि १५ वटा योजना छनोट गरिएका कम्पनीको भनाइ छ। नेपाल बिमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरूले स्वीकृति पनि पाइसकेको कम्पनीले बताएको छ।

स्वीकृत बिमा योजनाहरूमा सुपर सुरक्षित बिमा, समृद्ध जीवन बिमा, चमत्कारीक हेरचाह बिमा, लोकप्रिय धन फिर्ता बिमा, स्मार्ट प्लस बिमा, बम्पर श्रीवृद्धि बिमालगायत रहेका छन्।

त्यस्तै गज्जवको लगानी फिर्ता बिमा, डबल धमाका बिमा, सबैको जीवन बिमा, सर्वश्रेष्ठ आजिवन बिमा, सुनौलो किरण बिमा, बैभव जीवन बिमा, जीवन उन्नती बिमा, लगानी फिर्ता बिमा र निर्धक्क जीवन बिमा योजना छनोट भएका छन्।

प्रकाशित: १० असार २०८० १५:५० | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast