प्रधानमन्त्री र सीएनआईका पदाधिकारीबीच छलफल

हिमाल प्रेस १४ असार २०८० १४:१२ | Thursday, June 29, 2023
प्रधानमन्त्री र सीएनआईका पदाधिकारीबीच छलफल

काठमाडौँ– नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अर्थतन्त्रका विविध विषयमा छलफल भएको छ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारी टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेको हो।

अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिए। उनले निर्धारित पुँजीगत खर्च समयमै गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह पनि गरे।

बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक एवम् औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष नीतिगत तथा व्यावहारिक सुझावको अपेक्षा गरेको बताए।

मुलुकको अर्थतन्त्रमा परेको दबाब र अप्ठ्यारा फुकाउन परिसंघसहित समग्र निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले उल्लेख गरे।

प्रकाशित: १४ असार २०८० १४:१२ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast