प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता, भ्रमण परिणाममुखी भएको दाबी

हिमाल प्रेस २० जेठ २०८० १९:३६ | Saturday, June 3, 2023
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता, भ्रमण परिणाममुखी भएको दाबी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फिर्ता भएका छन्। बुधबार भारतको चारदिने भ्रमणमा गएका उनी शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भारत भ्रमण सफल र परिणाममुखी भएको बताए।

उनले आफ्नो चारदिने भ्रमण दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप बलियो बनाउन महत्त्वपूर्ण भएको बताए। उनले विगतमा थाती रहेका विषयहरूलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको पनि बताए।

‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ,’ उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रूपमा कुराकानी भई विश्वासको वातावरण सिर्जना भएको छ।’

उनले भारत भ्रमणकाे क्रममा पेट्राेलियम पाइपलाइन, विद्दुत व्यापारलगायत विभिन्न ७ वटा सम्झौता गरिएका छन्। सो क्रममा उनले भारतको सफा सहरको रूपमा रहेको इन्दोरको भ्रमण पनि गरेका थिए।

प्रकाशित: २० जेठ २०८० १९:३६ | Saturday, June 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast