प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेट

हिमाल प्रेस १८ जेठ २०८० १७:४७ | Thursday, June 1, 2023
प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेट

नयाँदिल्ली- भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपति कार्यालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको थियो।

भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो। बिहीबार नै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर गरिएको थियो।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए। प्रधानमन्त्री दाहालले बिहीबार नै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्ने कार्यक्रम छ। रासस

प्रकाशित: १८ जेठ २०८० १७:४७ | Thursday, June 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast