 
                             
                                            काठमाडौँ– प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद-उल-अजहा) २०८० का अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सो अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक एवम् भौगोलिक विविधतायुक्त विशेषता भएको उल्लेख गरेका छन्।
बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक
सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको जनाएका छन्।
‘सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर इदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु। प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वाससहित फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ।
नेपाल संविधानतः धर्म निरपेक्ष राज्य भएकाले सबै धर्मप्रति सबैको सम्मान र सहिष्णुता रहने पनि उनले उल्लेख गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 