प्रदेश सांसदलाई ओलीको निर्देशन : कोशीबाहेक प्रदेशको बजेट पास गर्न लायक छैन, विरोध गर्नू

हिमाल प्रेस ३ असार २०८० १७:३९ | Sunday, June 18, 2023
प्रदेश सांसदलाई ओलीको निर्देशन : कोशीबाहेक प्रदेशको बजेट पास गर्न लायक छैन, विरोध गर्नू

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशबाहेकका बजेट यथास्थितिमा पास गर्न लायक नभएको बताएका छन्।  नेकपा एमालेले आइतबार आयोजना गरेको सातै प्रदेशका एमाले प्रदेश सांसदहरुसँगको भर्चुअल बैठकमा निर्देशनात्मक सम्बोधन गर्दै उनले कोशी प्रदेशको अन्य प्रदेशको बजेटको आलोचना गरेका हुन्।

एमाले प्रचार विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजेट विनियोजन पैत्रिक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक भएको बताउनुभयो।’

ओलीले बजेटका गलत कुराहरु सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न पनि निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। सात प्रदेशमध्ये कोशी प्रदेशमा मात्रै एमाले सरकारमा छ। सो प्रदेशको सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गरेको थियो।

ओलीले कोशी प्रदेशको नामाकरणको विषयमा पनि धारणा राखेका थिए। प्रदेश सभाको दुई तिहाइले विधिवत् ढंगले निर्णय गरेको कोशी नामाकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै ओलीले कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्ण रुपमा समेट्ने भनाइ राखेका थिए।

‘अध्यक्ष ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढंगले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताउनुभयो’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ३ असार २०८० १७:३९ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast