प्रदेशको आवश्यकता छैन भन्ने तर्क वैज्ञानिक होइन : प्रधानमन्त्री

हिमाल प्रेस १५ असार २०८० २०:१७ | Friday, June 30, 2023
प्रदेशको आवश्यकता छैन भन्ने तर्क वैज्ञानिक होइन : प्रधानमन्त्री

पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

पोखरामा आज (शुक्रबार) आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठक २०८० को समापन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘प्रदेशको आवश्यकता छैन भन्ने तर्क पनि छन्। तर ती वैज्ञानिक छैनन्, हामीले जनताको घरदैलोमा सत्ता र सेवा पुगोस् भन्नका निम्ति पनि संघीयताको व्यवस्था गरेका हौँ। समस्या र चुनौती जे छन्, तिनीहरूको सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन।’

संविधानमा तीन तहको सरकारको अधिकारको बाँडफाँटको व्यवस्था गरिएको प्रधानमन्त्री दाहालले स्पष्ट पारे। संघीयताबारे राजनीतिक तहमा सोचाइमा एकरूपता आउन नसक्दा आवश्यक ऐन, कानून बनाउने कुरामा ढिलाइ भएको उनको भनाइ छ।

प्रकाशित: १५ असार २०८० २०:१७ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast