काठमाडौँ– प्रतिनिधिसभाको बैठक बुधबार १५ मिनेट स्थगित भएपछि फेरि सुरु भएको छ।
एमाले र रास्वपाका सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा उल्लिखित जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्ने प्रस्ताव फिर्ता नलिएको भन्दै संसद् बैठक अवरुद्ध गरेका थिए।
बैठकमा बजेट पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित प्रक्रिया मत विभाजनमा गएको छ।
प्रकाशित: १३ असार २०८० १६:०४ | Wednesday, June 28, 2023
प्रतिक्रिया




