फाइल तस्बिर।
काठमाडौँ- आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।
आजको बैठकमा संसद्मा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल सुरु हुनेछ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रकाशित: ३२ जेठ २०८० ९:३५ | Thursday, June 15, 2023
प्रतिक्रिया




