प्रतिनिधिसभा बैठक : अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नहरूको जबाफ दिने

हिमाल प्रेस २८ जेठ २०८० ९:१७ | Sunday, June 11, 2023
प्रतिनिधिसभा बैठक : अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नहरूको जबाफ दिने

काठमाडौँ- आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। आजको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल हुनेछ।

साथै आजकै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची छ। यस्तै ‘विनियोजन विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेयक प्रस्तुत गर्नेछन्।

फेरि सांसद सुवालले राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री महतले सो विधेयक प्रस्तुत गर्नेछन्।

प्रकाशित: २८ जेठ २०८० ९:१७ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast