प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

हिमाल प्रेस ७ असार २०८० ८:५८ | Thursday, June 22, 2023
प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पार्टी एकताबारे छलफल भएको छ।

उक्त भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार (आज) बिहान भएको उक्त भेटवार्तामा नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।

सोमबार विप्लवसहित माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि यी दलका नेताहरू आपसी संवादमा जुटेका छन्।

तत्कालीन माओवादी विद्रोहमा एउटै पार्टीमा रहेका प्रचण्ड-विप्लव एक दशकदेखि अलग-अलग पार्टीको नेतृत्वमा छन्।

संसदीय राजनीतिले काम नगर्ने र प्रत्यक्ष कार्यकारीको मुद्दा बोकेका विप्लप सोमबार घोषणा भएको समाजवादी मोर्चामा भने संसदीय राजनीतिकै मार्गमा हिँडेका नेताहरूसँग देखिए।

प्रकाशित: ७ असार २०८० ८:५८ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast