प्रचण्डलाई रविको सुझाव- देशको अवस्था बुझ्‍न सरकारी अस्पताल र माइतीघर मण्डला जानुस्

हिमाल प्रेस १३ असार २०८० १३:०८ | Wednesday, June 28, 2023
प्रचण्डलाई रविको सुझाव- देशको अवस्था बुझ्‍न सरकारी अस्पताल र माइतीघर मण्डला जानुस्

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको चौतर्फी अवस्थामा सुधार आएको बताए पनि वास्तविकता अर्कै भएको जिकिर गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पहिलेभन्दा देशका सबै क्षेत्रमा सुधार हुँदै आएको बताएपछि लामिछानेले सो अभिव्यक्तिको खण्डन गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूले देशको सबै क्षेत्रको अवस्था राम्रो छ भन्नु भयो तर म भन्न चाहन्छु- देशको अवस्था बुझ्न सरकारी अस्पतालमा जानुस्। माइतीघर मण्डला जानुस्, सरकारी शैक्षिक संस्थामा गएर हेर्नुस्,’ लामिछानेले भने।

अहिले देशमा सहकारीपीडितहरूले सरकारलाई गाली गरिरहेको उनले बताए।

हत्या, हिंसा होइन शान्त तरिकाबाट पनि मुलुकको विकास हुन्छ भन्ने तथ्य अहिलेको पुस्ताले बुझ्दै गएको लामिछानेले बताए।

प्रकाशित: १३ असार २०८० १३:०८ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast