पोखरा- जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको न्युरोडमा आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ।
सोमबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीका सञ्चालक समिति सदस्यहरू कमलेश अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशवराज ढकालले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन्। उक्त भवनमा गण्डकी प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: २२ जेठ २०८० २१:५१ | Monday, June 5, 2023
प्रतिक्रिया



