पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

हिमाल प्रेस १० असार २०८० ११:५४ | Sunday, June 25, 2023
पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

पोखरा– पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा २३, हर्पनका ४९ वर्षीय देव विकको एकतले कच्ची घरमा आइतबार राति साढे ११ बजे चट्याङ परेको थियो।

घरको ढोका लगाउँदै गर्दा चट्याङ लागेर घाइते भएका उनलाई मेट्रोसिटी अस्पताल ल्याइएकोमा उपचारका क्रममा चिकित्सकले राति २:२० बजे मृत घोषणा गरेका हुन्।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बाम्दीबाट प्रहरी टोली उद्धारका लागि खटिएको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित: १० असार २०८० ११:५४ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast